झगडा मिलाउन गएका प्रहरीमाथि कुटपिट

झगडा मिलाउन गएका प्रहरीमाथि कुटपिट

प्रहरी कुटेको आरोपमा तीन जना समातिएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१३, बायाँटारीमा झगडा छुट्याउन गएको प्रहरी टोलीमाथि आक्रमण गर्नेहरु पक्राउ परेका हुन् ।  

प्रहरीका अनुसार गएराति झोलुंगे बजारमा युवाहरुको दुई समूहबीच झगडा भएको थियो । झगडाको सूचना पाएपछि प्रहरी चौकी थुमपोखराबाट सई मनोज सिंह नेतृत्वको घटनास्थल पुगेका तीन जना प्रहरीमाथि युवाहरुले आक्रमण गरेका थिए । 

कुटपिटबाट सई सिंह घाइते भएको र उनको पोखराथित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

कुटपिटमा संलग्न वालिङ नगरपालिका–१२ का २८ वर्षीय रविन गुरूङ, २५ वर्षका काजी गुरूङ र २४ वर्षे सुदिप गुरूङ पक्राउ परेका हुन् ।

टिप्पणीहरू