एकीकृत समाजवादीका मुख्यमन्त्रीलाई एमालेले तत्काल विश्वासको मत नदिने

एकीकृत समाजवादीका मुख्यमन्त्रीलाई एमालेले तत्काल विश्वासको मत नदिने

एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारलाई तत्काल विश्वासको मत नदिने भएको छ । नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई तत्काल विश्वासको मत नदिन एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिनुभएको बताइएको छ ।

नेकपा एकीकृत समाजवादीका नेताहरुको पछिल्ला अभिव्यक्तिलाई ध्यानमा राखेर सोडारी नेतृत्वको सरकारलाई तत्काल विश्वासको मत नदिने निश्कर्षमा एमाले नेतृत्व पुगेको हो ।

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पालले अध्यक्ष ओलीसँग गएराति भेट गरेका हुन् । सो क्रममा अध्यक्षले विश्वासको मत दिने विषयमा हतार नगर्न नेताहरुलाई निर्देशन दिनुभएको हो ।

विश्वासको मतका लागि मुख्यमन्त्री सोडारीले अस्ति र हिजो प्रदेश सभा बैठक बोलाएपनि एमालेले मतदान नगर्ने अडान लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । त्यसपछि सुदूरका एमाले नेताहरु छलफलका लागि काठमाडौं आएका हुन् ।

टिप्पणीहरू