सर्वोच्चको आदेशपछि गण्डकीमा विश्वासको मतको तयारी

सर्वोच्चको आदेशपछि गण्डकीमा विश्वासको मतको तयारी

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन लागेका छन् । आज डाकिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची राखिएको छ ।

अधिकारीले यसअघि नै विश्वासको मत लिन खोजेपनि सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । गत साता सर्वोच्चले उनको नियुक्तिलाई वैधानिकता दिएपछि आज विश्वासको मत लिन लागिएको हो ।

संविधानबमोजिम अधिकारीले भोलिसम्म विश्वासको मत लिइसक्नुपर्छ । प्रदेशसभामा नेकपा एमालेका २२, माओवादी केन्द्रको सभामुखसहित आठ र स्वत्रन्त सांसद दीपक मनाङे अधिकारीको पक्षमा छन् । विश्वासको मत पारित हुन ३१ जना सदस्यको समर्थन आवश्यह हुन्छ । 

राप्रपाले विश्वासको मतको पक्ष वा विपक्षमा मतदानबारे केही पनि बताएको छैन ।

टिप्पणीहरू