घरको भित्तामा मोटरसाईकल ठोकिँदा दुई युवा ठहरै

घरको भित्तामा मोटरसाईकल ठोकिँदा दुई युवा ठहरै
सुन्नुहोस्

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको ज्यान गएको छ । रत्ननगर–४ स्थित वडा कार्यालय नजिक भित्री सडक खण्डमा गएराति भएको उक्त दुर्घटनामा स्थानीय जीवन चौधरी र सुमित महतोको निधन भएको हो । 

चितवन प्रहरीका अनुसार हिजो मध्यराति १२ बजेतिर रत्ननगर–३ बन्सी बस्ने २२ वर्षीय जीवनले चलाएको ना२२प ३४४४ नं. को मोटरसाईकल आफैं अनियन्त्रित भई सुमन गदालको घरको भित्तामा ठोकिन पुगेको थियो । दुर्घटनामा परी चालक जीवन र मोटरसाईकलमा सवार बन्सीकै १८ वर्षीय सुमित गम्भीर घाइते भएपछि इलाका प्रहरी कार्यालय टाँडीको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल पुर्याएको थियो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनाको करिब एक घण्टापछि उनीहरुको उपचारकै क्रममा निधन भएको हो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ भने अहिले मृतकको शव सरकारी अस्पताल भरतपुरमा राखिएको छ । 

मोटरसाईकल गएर जोतिएपछि घरको भित्तामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू