राजु लामाले दुबईमा गीत गाउने

राजु लामाले दुबईमा गीत गाउने
सुन्नुहोस्

गायक राजु लामा गीत गाउँन दुबई जाने भएका छन् । एक वर्षको अवधिमा तेस्रो पटक उनी दुबइमा गुञ्जिन लागेका हुन् । 

आगामी मे ४ मा नेपाली व्यवासीय सरोज विष्टले खोलेको क्लब 'एस के सेभेन'को उद्धघाटन हुँदैछ । करिब २५ करोड लगानीमा खोलिएको यही क्लबमा गायक लामाको कन्सर्ट हुने भएको हो । 

उक्त क्लबको उद्घाटनमा आफूहरु गुञ्जिन पाउदा खुशी लागेको मंगोलियन हार्टका गिटारिष्ट बबि लामाले बताए । उनले भने, 'बरदुबईमा नेपालीकै लगानीमा ठूलो क्लब खोलिँदा त्यहाँ नेपाली संगीत पनि बज्ने हो, सुरुवात हामीबाटै हुँदैछ ।' 

गायक लामाले पछिल्लो समय ब्याण्डसहित विभिन्न देशहरुमा कन्सर्ट गर्दै आएका छन् । ब्यान्डको रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् । 

गायक लामाको ‘बाँदलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’ लगायतका गीतलाई दर्शकले निकै रुचाएको पाइन्छ ।

टिप्पणीहरू