अर्बौंको राजश्व छलीसम्बन्धी मुद्दा टुंगियो,एक चौथाईमा अभियोग दाबी पुगेन

अर्बौंको राजश्व छलीसम्बन्धी मुद्दा टुंगियो,एक चौथाईमा अभियोग दाबी पुगेन
सुन्नुहोस्

अर्बौंको राजश्व छलीसम्बन्धी मुद्दा उच्च अदालत पाटनले टुंग्याएको छ । ५८ थान मुद्दामा मुछिएकामध्ये केहीलाई सफाई दिएर बाँकीलाई आंशिक ठहर गरिएको छ ।

उच्च अदालत पाटनमा सरकारवादी ५८ थान मुद्दा लामो समयदेखि हेर्दाहेर्दैमा पर्दै आएको थियो । न्यायाधीशद्वय दिपेन्द्र अधिकारी र डिल्लीरत्न श्रेष्ठको २ नम्बर इजलासमा राजश्व चुहावटका ती मुद्दामाथि सरकार र प्रतिवादीका तर्फबाट एक दर्जनभन्दा बढी वकिलले बहस गरेका थिए ।

हिजो भएको आदेशमा १५ वटा मुद्दामा अभियोग दाबी नपुगेको र बाँकी ४३ वटामा आंशिक अभियोग दाबी पुगेको उल्लेख छ । उक्त मुद्दामा श्रीमानहरुलाई प्रभाव पार्न अघिल्लो महिना व्यापारी र बिचौलियाको दौड हेर्न लायकको थियो । बहसको समय लम्बेकाले बिचौलियाहरुले अनेक उपाय खोज्ने क्रममा दौड रोजेका हुन् ।

प्रतिवादीका तर्फबाट कानुन व्यवसायीहरु सूर्य कोइराला, शरद कोइराला,अरुण ज्ञवाली,रमण श्रेष्ठलगायतले बहस गरेका हुन् । पछिल्लो पटक बहस झण्डै दुई साता लम्बिएको थियो । दिनहुँ मुद्दा हेर्दाहेर्दैमा टुंगिने गरेकाले लामो समय लागेको बताइन्छ ।

सरकारको तर्फबाट सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ताहरु बहसमा उत्रिए । सहन्यायाधिवक्ता शंकर खत्रीको नेतृत्वमा सरकारी वकिलको कार्यालयबाट अशोक रेग्मी, महेश खत्री,नमूना गोदार, विपना अधिकारी, शान्तिविक्रम शाहलगायतले बहस गरेका हुन् ।

टिप्पणीहरू