बाल अस्पतालमा बिरामीको चाप बढ्दो, कर्मचारी संख्या घट्दो

बाल अस्पतालमा बिरामीको चाप बढ्दो, कर्मचारी संख्या घट्दो
सुन्नुहोस्

काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले करार सेवामा कर्मचारी मागेको छ । अस्पतालले मेडिकल अधिकृतसहित ४४ जनाका लागि दरखास्त आह्वानका लागि विज्ञापन गरेको छ । 

मेडिकल अधिकृत १९ जना, नर्सिङ्ग अधिकृत एक जना र स्टाफ नर्स २४ जना आवश्यक रहेको बताइएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी १५ दिनभित्र दरखास्त दिन सकिने जनाइएको छ ।

मान्यताप्राप्त शिक्षण संस्था वा विश्वविद्यालयबाट सम्बन्धित विषयमा नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूची ६ बमोजिम सम्बन्धित समूह तथा उमसमूहमा रहने पदको लागि तोकिएको योग्यता पूरा गरेको हुनुपर्नेछ । 

त्यस्तै, दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने र विस्तृत जानकारी अस्पताल प्रशासन कार्यालयमार्फत् लिन सकिने भनिएको छ ।

पछिल्लो समय अस्पतालमा बिरामीको चाप उल्लेख्य मात्राले बढेको छ ।
 

टिप्पणीहरू