सोमालियाका नागरिकको काठमाडौंमा हारगुहार, राष्ट्र संघले विभेद गरेको आरोप

सोमालियाका नागरिकको काठमाडौंमा हारगुहार, राष्ट्र संघले विभेद गरेको आरोप

मुलुक छाडेर काठमाडौंमा बस्दै आएका सोमालियाली नागरिकहरु आज पनि धर्नामा बसेका छन् । उनीहरु मुलुकभित्र उत्पन्न युद्धका कारण आफूहरु विस्थापित हुनुपरेको बताउँदै गाँस, वास र कपासको व्यवस्था गरिदिन शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोगको काठमाडौंस्थित कार्यालय बाहिर लामो समयदेखि धर्ना बस्दै आएका छन् ।

तत्काल सोमालिया फर्कने स्थिति नरहेकाले आफूहरुलाई उच्चायोगले अन्य युरोपेली मुलुकका नागरिकलाई गर्दै आएको सहयोगसरह उपलब्ध गराइदिन माग गरेका छन् । 

राष्ट्र संघले विभिन्न मुलुकका नागरिकबीच विभेद गरेको आरोप उनीहरुको छ ।

टिप्पणीहरू