रास्वपाका उम्मेदवार लिम्बू प्रेस सेन्टरबाट निस्कासित

रास्वपाका उम्मेदवार लिम्बू प्रेस सेन्टरबाट निस्कासित

इलाम-२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालले कारवाही गरेको छ । 

माओवादी केन्द्रसम्वद्ध प्रेस सेन्टरको जिम्मेवारीमै रहेर रास्वपाको उम्मेदवार बनेका उनलाई सो संगठनले आज निष्कासनको कारवाही गरेको हो । सेन्टरका महासचिव सन्तोष पौडेलले संगठनको नीति, विधि, विधान र आचरणविपरित लिम्बूले अनुशासनहीन गतिविधि गरेकाले जिम्मेवारीबाट हटाएको बताए । 

'विगत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक अभिव्यक्ति दिने तथा अनुशासनविपरित गतिविधि गरिरहेको, पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बनेको देखिएको र संगठनको नेतृत्वको सुझाव र निर्देशनसमेत वेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गर्दै हर्कत र गतिविधि जारी राखेकोले संगठनको अनुशासन समितिको सिफारिसमा आजकै मितिदेखी सबै जिम्मेवारीबाट हटाइएकोे जानकारी गराइन्छ', पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लिम्बू प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित भएका थिए । पहिचानका आधारमा प्रदेशको नामांकन हुनुपर्ने पक्षमा वकालत गर्दै आएका उनी जनजाति पत्रकार महासंघ (फोनिज )को महासचिव पनि हुन् ।

टिप्पणीहरू