विदेशी पत्रकारलाई एक शहर, दुइृ स्वाद

विदेशी पत्रकारलाई एक शहर, दुइृ स्वाद तस्बिर ; वेन जिन

अगस्ट १७ देखि १९ सम्म इराक, जोर्डन, मोरक्को, प्यालेस्टाइन, नेपाल र भियतनाम ६ देशका पत्रकार समूह युन्नान प्रान्तको पुअर सहरमा गएर हजार वर्षको इतिहास भएको पुरानो ‘चिया–घोडा मार्ग’ अन्वेषण गर्न र ‘बायाँ हातको कपी, दायाँ हातको चिया’ आरामदायक जीवनको अनुभव गरे ।

पुअर चीनमा कपी उत्पादनको सबैभन्दा ठूलो क्षेत्रफल र मात्रा भएको, उत्तम गुणस्तरको एक क्षेत्र हो र कफी वितरण केन्द्रमध्ये पनि एक हो । सन् २०२२ मा पुअर कफीको रोपण क्षेत्रफल पैँतालिस हजार दुई सय एकड थियो र ५ लाख ५७ हजार टनको उत्पादन थियो, जुन चीनको कुल कफी उत्पादनको ५० प्रतिशतभन्दा बढी थियो ।  

‘मलाई कफीमा चिनी र दुध थप्न मन पर्छ र हालका दिन म पुअरमा कफी पिउँदा केही पनि थप्दिनँ, कफीको मूल स्वाद यति राम्रो छ भन्ने सोचेकै थिइनँ,’ भियतनामी पत्रकार रुआन छुइचुआङले भने । 

पुअर कफीको मिठो स्वाद चाख्दै गर्दा विदेशी पत्रकारहरूले पनि पुअर चिया र पर्यटन एकीकरणको मजा लिए र पुअरमा ‘एक सहर, दुई स्वाद’ को आनन्ददायक जीवनको अनुभव गरे । 

इराकी पत्रकार अलीले पुअरमा पहिलो पटक आएको, पुअर चियाको गहिरो संस्कृति र कफी बनाउने कलाप्रति एकदम मन परेको र साथीभाइहरूलाई चीनमा बोलाएर एकैसाथ अनुभव गर्ने आशा व्यक्त गरे ।  

‘चिया–घोडा मार्ग’को समयमा चीन र नेपालबीच चियाको व्यापार बारम्बार हुने गर्दथ्यो । आज ‘बेल्ट एन्ड रोड’मा जोडिएको नेपालसँग व्यापार र सहयोग अझै घनिष्ठ भएको छ । चियाले नै दुई देशको आर्थिक विकासलाई प्रेरित गरेको छ; अनि फेरि चियाले नै दुई देशको सांस्कृतिक आदानप्रदान र संस्कृतिको पारस्परिक शिक्षालाई बढावा दिएको छ ।’ नेपाली पत्रकार सरिताले चीनको चिया संस्कृति आफ्नो देशसँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताइन् ।

(ली लिङ/ ली च / वाङ जिङजोङ)
 

टिप्पणीहरू