संसद्मा भएकै हो त यस्तो सहमति ?

संसद्मा भएकै हो त यस्तो सहमति  ?
सुन्नुहोस्

पहिला भनियो ‘हुन्न–हुन्न’, पछि आए पात्रहरु विभिन्न । संसदको महासचिवदेखि सचिवसम्मको मामिलामा यस्तो भएको हो ।

महासचिवमा एमाले पक्षका पद्मप्रसाद पाण्डेयको नियुक्ति राष्ट्रपतिद्वारा ढिलो गरी प्रमाणिकरण गरिने क्रममा पदको लेनदेनबारे केही सहमति भएको चर्चा सिंहदरबारभित्र व्याप्त छ ।

महान्यायाधिवक्ता कार्यालयको सचिवसरहको नायव महान्यायाधीवक्ताबाट राजीनामा दिएपछि पाण्डेयलाई महासचिव बनाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले सिफारिस गरेका थिए । त्यसअघि महासचिव भरतराज गौतमले कार्यकाल बाँकी हुँदै राजीनामा दिएका थिए । दोहोरो नागरिकता विवादमा मुछिएका पाण्डेयको नियुक्ति प्रमाणिकरण गर्ने कि नगर्ने भन्ने कुराले राष्ट्रपति कार्यालयमा उक्त मामिला एक महिनाभन्दा लामो समयसम्म अल्झिएको थियो । उक्त नियुक्तिपूर्व पाण्डेय प्रतिनिधिसभाका सचिव थिए ।

उनको नियुक्तिसँगै अब प्रतिनिधिसभाको सचिव पद रिक्त भयो । उक्त पदमा कांग्रेसलाई भाग दिने भनिएपछि पाण्डेयको नाम सदर भएको चर्चा चलेको हो । अर्कोथरि चर्चा पनि छ, अहिले राष्ट्रियसभाको सचिव रहेका डा।सुरेन्द्र अर्याललाई प्रतिनिधिसभामा तानेर अर्का व्यक्तिलाई राष्ट्रियसभामा पठाउने । त्यसका निम्ति राष्ट्रियसभाको सचिवका रुपमा एक वर्षअघि कार्यकाल समाप्त भएका राजेन्द्र फुयाँलको नाम पनि चर्चामा छ ।

पत्रकारिता पृष्ठभूमिका फुयाँल एमालेको तर्फबाट नियुक्त भएका हुन् । यदि, कांग्रेसलाई सचिव दिने सहमति भएको होइन भने उनको पुनर्नियुक्ति हुने सम्भावना रहेको चर्चा छ ।
 

टिप्पणीहरू