दुर्गा प्रसाईंको आन्दोलनवारे राति सुरक्षा बैठक

दुर्गा प्रसाईंको आन्दोलनवारे राति सुरक्षा बैठक

विवादास्पद व्यवसायी दुर्गा प्रसाईं उर्फ मार्सी नेतृत्वको आन्दोलन भड्किन नदिन सरकारले सुरक्षा योजना बनाउन थालेको छ । राष्ट्र, राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक प्रसाईंले गत मंसिरमा झैँ पुनः राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेका छन् ।

उक्त अभियानको नाममा भोलिदेखि राजधानीमा राजतन्त्र पुनर्बहाली र मीटरब्याज पीडकहरुलाई कारबाही गर्नुपर्ने माग राख्दै आन्दोलन गर्न लागिएको छ । सुदूर पश्चिमको कञ्चनपुर र झापादेखि सोही आन्दोलनमा भाग लिन मानिसहरु पूर्वपश्चिम राजमार्ग भएर पैदल काठमाडौं आउँदैछन् ।

माओवादी जनयुद्ध दिवसको दिन भोलि फागुन १ गतेदेखि हुने आन्दोलनका असर, त्यसले पार्नसक्ने प्रभाव, भीड भड्किन नदिने उपायबारे हिजो बेलुकी अबेर सिंहदरबारमा छलफल भएको बुझिएको छ । गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा  गृहसचिव,नेपाल प्रहरी, सशस्त्र प्रहरी,अनुसन्धान विभागका जिम्मेवार अधिकारीहरुको सहभागिता थियो । त्यसैगरी उपत्यकाको तीन वटै जिल्लाका सुरक्षा प्रमुखहरु पनि बैठकमा सहभागी थिए । 

बैठकले रणनीतिक योजना तर्जुमाबारे व्यापक छलफल गरेको जानकारी दिइएको छ । तर कस्तो रणनीतिबारे छलफल भएको भन्ने सम्बन्धमा गोपनीयता खुलाइएको छैन । मन्त्रालयका कर्मचारीहरु आज बिहानदेखि नै त्यसको अन्तिम तयारीम लागिसकेको स्रोतले बतायो ।

टिप्पणीहरू