सुदूरपश्चिमको नेतृत्वका लागि एमालेमा चार जनाको भीडन्त

सुदूरपश्चिमको नेतृत्वका लागि एमालेमा चार जनाको भीडन्त

सहमतिमा नेतृत्व टुग्याउने प्रयत्न असफल भएपछि सुदूरपश्चिम प्रदेशमा एमालेका चारजनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

हालका प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सिना, सचिवालय सदस्य कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंह प्रतिष्पर्धामा उत्रिएका हुन् । अध्यक्षमा उम्मेदवारी दिने बचनबहादुर कञ्चनपुरका हुन् भने बाँकी तीनजना भीम रावलको गृहजिल्ला अछामका हुन् ।

निर्वाचन समितिले मंगलबार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो । तर, पछि समय थपेर बिहान साढे ११ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय मिलाइएको थियो ।

उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ । निर्वाचन तालिकाअनुसार आज दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । निर्वाचन समितिले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरू गर्ने बताएको छ ।

टिप्पणीहरू