घुस्याहा वरिष्ठ हवल्दार पक्राउ

घुस्याहा वरिष्ठ हवल्दार पक्राउ
सुन्नुहोस्

नेपाल प्रहरीका वरिष्ठ हवल्दार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रभाग, बूढानीलकण्ठ काठमाडौंमा कार्यरत वरिष्ठ हवल्दार विष्णु सिंहलाई एक लाख रुपैयाँ घुससहित  आज नियन्त्रणमा लिएको हो । 

आयोगको टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ । 

साथै, अनुसन्धानको क्रममा बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने भनी घुस मागेको पुष्टि हुन आएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

टिप्पणीहरू