मध्यराति ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात, राजकुमार पक्राउ

मध्यराति ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात, राजकुमार पक्राउ
सुन्नुहोस्

ड्यूटीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सिन्धुलीको मरिन गाउँपालिका-४ घर भई अहिले काठमाडौंको बुद्धनगर बस्दै आएका ३० वर्षीय राजकुमार घिसिङलाई प्रहरीले समातेको हो । 

हिजोराति तीब्र गतिमा स्कुटर चलाएका घिसिङलाई प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले शंखमुल सडकमा समातेको थियो । त्यसक्रममा उनले चेकजाँचमा खटिएका प्रहरीलाई अपशव्द प्रयोग गर्नुका साथै हातपातसमेत गरेको बताइएको छ। 

 यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू