एकीकृत समाजवादीको बैठक बिहानै शुरु

एकीकृत समाजवादीको बैठक बिहानै शुरु
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय समितिको तेस्रो दिनको बैठक शुरु भएको छ । ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन पार्टी ब्याङ्क्वेटमा जारी बैठक आज बिहान साढे ८ बजेबाट प्रारम्भ भएको छ । 

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा झण्डै डेढ सय जनाको उपस्थिति रहेको बताइन्छ । बैठकमा उठाइएका जिज्ञासाको जवाफ दिएपछि आज अपरान्ह अध्यक्षले बैठक समापनको घोषणा गर्ने कार्यक्रम छ ।
 

टिप्पणीहरू