बलात्कारको आरोप लागेका एमाले जिल्ला नेता समातिए

बलात्कारको आरोप लागेका एमाले जिल्ला नेता समातिए

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ मोरङका एक नेता बलात्कार आरोपमा पक्राउ परेका छन् । 

जबर्जस्ती करणीको आरोप लागेका युवा संघ बेलबारी नगर कमिटीका अध्यक्ष काशीराज तामाङ गत बिहीबार समातिएका हुन् । उनीविरुद्ध साउन २४ गते २० वर्षीया एक युवतीले किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको बताइएको छ । तामाङ स्थानीय क्रसर व्यवसायी पनि हुन् ।

टिप्पणीहरू