बाँसघारीमा लगेर बालिका बलात्कार गर्ने महरा समातिए

बाँसघारीमा लगेर बालिका बलात्कार गर्ने महरा समातिए

मोरङमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका वडा नं.५ का २३ वर्षीय युवराज महरालाई पक्राउ गरेको छ ।

महराले ती बालिकालाई गत साउन २० गते बेलुकी सोही ठाउँस्थित बाँसघारीमा लगेर करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो उनलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा आवश्यक जाँचबुझ भैरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू