श्रीमती हत्यापछि भागेका पूर्णबहादुर समातिए

श्रीमती हत्यापछि भागेका पूर्णबहादुर समातिए

ईलाममा आफ्रनै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

इलाममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सूर्योदय नगरपालिका–२, सयपत्री टोलकी ४५ वर्षीया डम्बरकुमारी तामाङको हत्या गरेको अभियोगमा उनका श्रीमान ५० वर्षीय पूर्णबहादुर तामाङ पक्राउ परेका हुन् ।

सामान्य विवादको क्रममा पूर्णबहादुर घरेलु बामफोक प्रहार गरी डम्बरकुमारीको हत्या गरेर फरार भएका थिए । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले अस्तिदेखि फरार रहेका उनलाई हिजो दिउँसो लालिखर्कबाट नियन्त्रणमा लिएको जनाइएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू