सिंहदरबारमा भएको घण्टौं छलफलमा शीर्ष नेताहरु आ–आफ्नै अडानमा

सिंहदरबारमा भएको घण्टौं छलफलमा शीर्ष नेताहरु आ–आफ्नै अडानमा

संसद बैठकमा जारी अवरोध हटाउने विषयमा आज डाकिएको प्रमुख तीन दलका शीर्ष नेताहरुबीचको बैठक अनिर्णित भएको छ । सभामुख देवराज घिमिरेकोे कार्यकक्षमा भएको छलफल बिना निश्कर्ष टुंगिएको हो ।

चार घण्टासम्म भएको उक्त बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनबारे नेताहरु आ–आफ्ना अडानमा कायम रहेकाले बैठक अनिर्णित भएको बताइएको छ । एमाले उच्चस्तरीय समितिको पक्षमा र काँग्रेस तथा माओवादी केन्द्र राज्यका निकायले गरेको छानबिन तथा अनुसन्धानमा अडिग देखिएका हुन् ।

आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक यतिखेरसम्म बस्न सकेको छैन । अपरान्ह ४ बजे सारिएको बैठक पौने ५ बजेसम्म पनि शुरु हुन नसकेको हो ।

यसअघि आजै बोलाइएको राष्ट्रिय सभाको बैठक अवरुद्ध भएपछि पर्सि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

टिप्पणीहरू