प्रस्तावित राजदूतहरु सिंहदरबारमा

प्रस्तावित राजदूतहरु सिंहदरबारमा
सुन्नुहोस्

सरकारले विभिन्न मुलुक र नियोगमा प्रस्ताव गरेका छ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ भएको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकमा कुवेतका लागि घनश्याम लम्साल, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि धनबहादुर ओलीलाई बोलाइएको छ । 

हिजो न्यूयोर्कस्थित स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ भएको थियो । बैठकमा प्रस्तावित राजदूतहरु क्रमशः लोकबहादुर थापा, रामप्रसाद सुवेदी र सुधीर भट्टराईले आ–आफ्ना योग्यता, अनुभव, अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए । 

उनीहरुले आफ्नो कार्यकालमा उच्चस्तरीय भ्रमण आदानप्रदान गराउने, दुई देश र संस्थाबीचको सम्बन्ध थप सुदृढ तुल्याउन प्रयास गर्ने, आर्थिक कूटनीतिमा जोड दिने, वैदेशिक लगानी भित्र्याउन पहल गर्ने र वैदेशिक सहयोग प्राप्त गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेका थिए । आजका राजदूतहरुले पनि त्यस्तै धारणा प्रस्तुत गरेको बताइन्छ ।

बैठक समितिका ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको सभापतित्वमा भइरहेको छ । सदस्यहरुमा रमेशजंग रायमाझी, लिलानाथ श्रेष्ठ, डोरप्रसाद अर्याल, इश्वरीदेवी न्यौपाने छन् ।
 

टिप्पणीहरू