मधेसका सांसद र नेताहरु एकैसाथ सिंहदरबारमा

मधेसका सांसद र नेताहरु एकैसाथ सिंहदरबारमा

तराई–मधेसको खानेपानीको समस्या समाधानको उपाय खोज्न मधेसी नेताहरुले सिंहदरबारमा छलफल गरेका छन् । 

खानेपानीमन्त्री महिन्द्रराय यादवको उपस्थितिमा आज दिउँसो मन्त्रालयमा छलफल भएको हो । छलफलमा जनमत पार्टीका अध्यक्ष सिके राउत, पूर्व खानेपानीमन्त्री तथा सो पार्टीका सांसद अब्दुल खान, एमाले सांसद जुली महासेठसहित मधेसबाट प्रतिनिधित्व गर्ने सांसद र पूर्वमन्त्रीहरुको उपस्थिति थियो । 

झन्डै चार घण्टा लामो छलफलका क्रममा मधेसमा विद्यमान खानेपानी समस्या निराकरणका लागि सरकारीस्तरबाट गर्नुपर्ने कामबारे गहन कुराकानी भएको बताइएको छ ।

टिप्पणीहरू