तालिम चलाउने नाममा सरकारी रकम हिनामिना गर्नेहरु अख्तियारको फन्दामा

तालिम चलाउने नाममा सरकारी रकम हिनामिना गर्नेहरु अख्तियारको फन्दामा

सहकारीसम्बन्धी तालिम सञ्चालन गर्दा रकम हिनामिना गरेको आरोप लागेका एक दर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सरकारी रकम दुरुपयोग गरेको बात लागेका भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेशका वरिष्ठ शाखा अधिकृत ओमनारायण झा, नैँशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारी र अरु ११ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको हो ।  

प्रदेशका आठवटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम सञ्चालन गर्दा भ्रष्टाचार गरेको आरोपमा आयोगले झाविरुद्ध सात लाख एक हजार तीन सय ८० जरिवाना र बिगोसमेत असुल उपरको माग गरेको छ ।

त्यस्तै, सरकारलाई हानी पुर्याउनेगरी झूठा बिल भरपाई तयार गरेको आरोपमा कुमारीविरुद्ध तीन लाख ६७ हजार आठ सय ८० बिगो माग दाबी गरिएको छ । 

यी दुईसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

टिप्पणीहरू