ट्वाइलेटमा घुस खाने हेड सर अख्तियारको फन्दामा

ट्वाइलेटमा घुस खाने हेड सर अख्तियारको फन्दामा

विद्यालयको शौचालय बनाउँदा घुस खाएको खुलेपछि कास्कीका एक प्रधानाध्यापकविरुध्द विशेष अदालतमा भ्रष्टाचार मुध्दा चलाइएको छ । 

माछापुच्छ्रे गाउँपालिका–६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुध्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । उनले विद्यालयको शौचालय निर्माण गर्नको लागि निकासा भएको रकम र विद्यालयको अक्षय कोषको रकम हिनामिना गरेको अख्तियारको निष्कर्ष छ । 

प्रधानाध्यापक पौडेलले शौचालय निर्माणका लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी ३ लाख १२ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । 

त्यसैले,उनीमाथि भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ बमोजिमको कसुरमा कैद र बिगो मागदाबी गरिएको छ ।

टिप्पणीहरू