सिंहदरबारमा ग्रेटर नेपालको नक्सा राख्ने उपसभामुखको प्रतिबद्धता

सिंहदरबारमा ग्रेटर नेपालको नक्सा राख्ने उपसभामुखको प्रतिबद्धता

उपसभामुख इन्दिरा रानामगरले सिंहदरबारभित्र बन्दै गरेको नयाँ संसद भवनमा मुलुकको प्राचिन नक्सा ‘ग्रेटर नेपाल’ राखिने बताउनुभएको छ । रानामगरले हिजो निर्माणाधीन संसद भवनको अनुगमन तथा निरीक्षण गर्ने क्रममा उक्त धारणा राख्नुभएको बताइन्छ । 

नयाँ दिल्लीमा गत आइतबार उद्घाटन भएको भारतीय संसदको नयाँ भवनमा नेपाललगायत छिमेकी मुलुकका केही भूभाग समेटेर ‘अखण्ड’ भारतको नक्सा झुण्डाएपछि उहाँको उक्त धारणा बाहिर आएको हो । 
नयाँ दिल्लीस्थित संसद भवनमा झुण्डाइएको उक्त नक्साको सर्वत्र आलोचना भइरहेको छ ।

उहाँले भारतले नेपालको भूमि समेटेर नक्सा सार्वजनिक गर्नु अनुपयुक्त रहेको बताउँदै उपसभामुख रानामगरले त्यसको बदलामा नेपालले पनि बनाउँदै गरेको संसद भवनमा ग्रेटर नेपालको नक्सा राख्नुपर्ने उल्लेख गर्नुभएको हो ।

टिप्पणीहरू