सरकारबारे छलफल गर्न आलोकनगरमा समाजवादीको बैठक

सरकारबारे छलफल गर्न आलोकनगरमा समाजवादीको बैठक

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक शुरु भएको छ । पार्टी मुख्यालय आलोकनगरमा अहिले बैठक जारी छ । 

बैठकमा राष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता, सत्ता समीकरणपछिको समग्र अवस्था र पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल हुने बताइएको छ । 

अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बसिरहेको बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षद्वय प्रमेश हमाल, राजेन्द्र पाण्डे, महासचिव डा.बेदुराम भुसाल, उपमहासचिवहरु जगन्नाथ खतिवडा, डा. विजय पौडेल, डा. गंगालाल तुलाधर, सचिवालय सदस्य घनश्याम भुसाललगायतका नेताहरु सहभागी छन् । 

एमालेसँगको सहकार्य छोडेर सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र तत्कालीन पाँच दलीय गठबन्धनमा फर्किएपछि एकीकृत समाजवादी सरकारमा जाने तयारीमा छ ।

टिप्पणीहरू