सुदूरपश्चिमका व्यवसायीद्वारा बैंकिङ कारोबार बहिष्कारको चेतावनी

सुदूरपश्चिमका व्यवसायीद्वारा बैंकिङ कारोबार बहिष्कारको चेतावनी

बैंकहरुको चर्को ब्याजदर र नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीतिका कारण व्यवसायीहरु मर्कामा परेको उल्लेख गर्दै कैलाली उद्योग वाणिज्य संघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

संघले आज सार्वजनिक गरेको कार्यक्रममा विरोध प्रदर्शनदेखि बजार बन्दसम्मका गतिविधि उल्लेख गरिएको छ । 

जसअनुसार भोलिदेखि आउँदो शनिबारसम्म बिहान ९ बजेदेखि धनगढीको चौराहमा विरोध प्रदर्शन गरिने छ । त्यस्तै, भोलि बिहान ११ बजेसम्म पूरै बजार ठप्प पार्ने संघको तयारी छ । उक्त समयमा र्याली निकालेर विभिन्न निकायमा जाने उल्लेख गर्दै संघले चोकचोकमा भेला भएर कोणसभा गर्ने जनाएको छ ।

त्यस्तै, आगामी बिहीबार बैंकहरुमा कारोबार नगर्न संघले सबै व्यवसायीलाई निर्देशन दिएको छ । फागुन २० गते प्रदेशभरका सम्पूर्ण उद्योग वाणिज्य संघबाट संघर्ष समिति निर्माण गरी सोको जानकारी प्रदेश उद्योग वाणिज्य महासंघलाई गराउने भनिएको छ । 

फागुन महिनाभित्र आफ्ना माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
 

टिप्पणीहरू