सुदूरपश्चिममा काँग्रेसका कमलबहादुर नयाँ मुख्यमन्त्री

सुदूरपश्चिममा काँग्रेसका कमलबहादुर नयाँ मुख्यमन्त्री

नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । 

निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बहुमत गुमाएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको ठूलो दलको संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख देवराज जोशीले आज साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसरी नियुक्त मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । 

यसअघि पुस २७ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा एमालेका रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि रावल नेतृत्वको सरकार एक महिनामा ढलेको हो ।

मुख्यमन्त्री शाह कैलाली क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

टिप्पणीहरू