माधव नेपालको प्रतिवेदनमाथि छलफल गर्न १० जना अगुवा

माधव नेपालको प्रतिवेदनमाथि छलफल गर्न १० जना अगुवा

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु भएको छ । बैठक उद्घाटनको क्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको छ ।  छलफल र उठेका विषयको निष्कर्ष टोलीको तर्फबाट भोलि प्रस्तुत गरिने बताइएको छ ।

आज गठन गरिएका १० वटा टोलीमा एक एक जना नेता तोकिएको छ । जसमा समूह १ मा आशिष घिमिरे, २ मा कृष्णकुमारी विश्वकर्मा, ३  मा जीवनराम श्रेष्ठ, ४ मा नरेश शाही तोकिएका छन् । त्यसैगरी टोली नम्बर ५ मा पूर्णा जोशी, ६ मा मोहन गौतम, ७ नम्बर टोलीमा राजेन्द्र लोहनी, ८ मा विजय गुरुङ, ९ मा सोमप्रसाद पाण्डे र १० मा हस्त शाही रहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू