कोरोना रोकथाम गर्न मार्क्सवादी सरकारको नयाँ कार्यक्रम

जन आस्था
१० चैत्र २०७६, सोमबार ११:३३

कोरोनाको संक्रमण बढ्दै गएपछि यसको रोकथाम गर्न केरला राज्यको मार्क्सवादी सरकारले नयाँ कार्यक्रम घोषणा गरेको छ ।

राज्य सरकारले कोरोना रोकथामको निम्ती २० करोड भारू विनियोजन गरेको छ । केटाकेटीलाई दिउँसो भोजन गराउने छ । हात धुने द्रव्य (ह्यान्ड स्यानिटाइजर) राज्यले नै बनाउने भएको छ । विदेशबाट छिर्नेहरूको सुक्ष्म स्वास्थ्य परीक्षण गरिने भएको छ । समाजिक सुरक्षा पेन्सन वितरण गरिने भएको छ । सरकारले खाद्यान्नको प्रत्याभूतिको घोषणा गरेको छ । आइसोलेसनमा बसेकाहरूका लागि पुस्तकहरू उपलब्ध गराइने छ । रू. २० मा खाना ख्वाउने १ हजार वटा रेष्टुराँ सञ्चालन गरिने छ । साथै अन्य स्वास्थ्य सुबिधा पनि प्रदान गरिने भएको छ।

केरलामा यतिखेर भारतिय कम्युनिष्ट पार्टि (मार्क्सवादी) को सरकार छ । सरकारको नेतृत्व पिनारायी विजयनले गरिरहेका छन् । उनी माकपाका पोलिटब्युरो सदस्य हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*