गजबा–ऐ–हिन्द र भारतका मुस्लिम

मनोजकुमार कर्ण

भारतीय जी–न्यूज टीभीका प्रधानसम्पादक सुधीर चौधरीको डिएनए कार्यक्रममा प्रसारित जानकारीअनुसार गजबा–ऐ–हिन्द कट्टरपन्थी मुस्लिम मान्नेहरूको एउटा त्यस्तो जिहाद (धार्मिक युद्ध) हो जसमा ‘काफिर’ (गैरमुस्लिम) सबैलाई मुस्लिम बनाउने र कट्टर इस्लामिक राज्य खडा गर्नुका अलावा यसको विरुद्ध उभिनेको धन, सम्पत्ति खोसेर पत्नी, चेलीसँग दुष्कर्म गरी सबैसामु अल्लाहलाई खुशी पार्न हत्यासम्म गरिन्छ । मानिन्छ कि यसको जन्मदाता १३ औं शताब्दिमा स्वयं पैगम्बर मोहम्मद थिए ।

पाकिस्तान र अफगानिस्तानमा बसेर गजबा–ऐ–हिन्द गर्ने भनी दर्जनौं भिडियो यस्ता मौलानाहरूले भारतीय तथा स्वयं पाकिस्तानी टीभीहरूमा प्रशारण गरिसकेका छन् । भारतमै इस्लामिक रिसर्च सेन्टर खोली लभ जिहाद छेड्न करोडौं रूपैयाँ ल्याएर सामाजिक सद्भाव खल्बलाइरहेका जाकिर नाइक (हाल भारतीय प्रशासनले आतंकी घोषणा गरी रकमको स्रोत र मक्सदबारे छानबीन गरिरह“दा फरार भई मलेसिया सरकारको संरक्षणमा बसिरहेका) हुन् । गजबा–ऐ–हिन्दका लागि यिनीहरू देशको कानुनअनुसार परिवार नियोजन गराउँदैनन् । नाइककै भाषामा कुनै देशमा मुस्लिमको जनसंख्या केवल २ प्रतिशत छ भने जनसंख्या तीव्र रुपमा बढाउने, जब १६ प्रतिशत पुग्नेछ अनि अधिकारका लागि पार्टी खोल्ने र जब ५० प्रतिशत पुग्नेछ अनि गजबा–ऐ–हिन्द तत्काल लागू गर्न काटमार थाल्ने हो ।

सन् १९४६ मा जब अंग्रेजहरू कमजोर भएर भारत छोड्ने तरखरमा लागे, हैदरावादमा मोहम्मद अलि जिन्नाले कट्टरपन्थी इस्लामी समूह अल इण्डिया मुस्लिम लिग खोलेर हिन्दूविरुद्ध अंग्रेजलाई सघाउंदै आएकामा अब टिक्न गाह्रो हुने बुझेर अंग्रेजसँग मिली महात्मा गान्धीलाई पेलेर धर्मको आधारमा मुसलमानहरूको लागि पाकिस्तान देश बनाउन लगाए, पछि सोही पाकिस्तानबाट बंगलादेश जन्मियो । जिन्ना स्वयं पाक गए पनि अरु जानीजानी गएनन् र आज उनीहरू नै भारतीय कंग्रेस, वामपन्थी, बिहारमा लालु यादवको आरजेडी, उत्तर प्रदेशमा अखिलेश यादवको समाजवादी र मायावतीको बहुजन समाजवादी, दिल्लीमा अरविन्द केजरीवालको आम आदमी, पश्चिम बंगालमा ममता बेनर्जीको त्रिणमूल कंग्रेस, महाराष्ट्रमा शरद पवारको एनसिपी, हजुरबुवा हिन्दूबाट मुस्लिम बनेका हैदरावादका असुदुद्दिन ओवैसीको एआईएमएमआई, हिन्दूबाट मुस्लिम बनेका कश्मिरी फारुक अब्दुल्लाह र छोरा ओमर अब्दुल्लाहको नेशनल कन्फ्रेन्स तथा महबुबा मुफ्तीको पार्टी पिडिपी आदिमा छन् । भारतमा करिब सात सय विश्वविद्यालय रहेमध्ये देशको मुटु दिल्लीस्थित जेएनयु, जामिया–इस्लामिया, अलिगढ मुस्लिम विश्वविद्यालयहरू पहिल्यैदेखि मुस्लिमलाई उकास्ने अखडाको रुपमा चर्चित छन् । जामिया नजिक सिएएल कानुनविरुद्ध शाहिन बागमा डिसेम्बर १५ तारिखदेखि धर्ना बस्नेका केही नारा पढौं, यिनीहरूको सोच थाहा पाइनेछ ः ‘अफजल हम शर्मिंदा हैं, तेरे कातिल जिन्दा हैं ! हमें तो चाहिए, हिन्दूओं से आजादी ! हिन्दूत्व की कब्र खुदेगी, फ्री कश्मिर, फक हिन्दूत्व ! ब्राम्हण साला कसाई है, मुसलमान भाइ है ! हमें चाहिए जिन्नावाली … आजादी ! हम छिन कर लेंगे आजादी ! भारत तेरे टुकडे होंगे ! पाकिस्तान जिन्दावाद ! शरजील तेरे सपनेको, हम मञ्जिल तक पहँुचाऐंगे ।’

सिएएल, एनआरसी र एनपिआर

जनसंख्या अनियन्त्रित भई बेरोजगारी बढेको, आप्रवासीको चापले चिया बगानका मान्छेको रोजगारी खोसिई उनीहरूको संस्कृतिमा प्रभाव परेको जस्ता आदि कारणले नै करिब आठ महिनाअघि असममा नेशनल रेजिडेन्ट रजिष्ट्रेशन सर्टिफिकेट (एनआरसी) प्रभावकारीरूपमा लागू गरिएको छ जसमा जेन्युइन भारतीय नागरिक कोही छुटेको छ भने तीन महिनाभित्र प्रमाणित गर्न करिब बाह्रवटा कागजमध्ये एउटा पेश गर्न भनिएको छ, पुनः म्याद थपिंदै पनि छ । यो सम्झौता मोदी सरकारले हाल असममा लागू गरेको हो, यो सम्झौता स्वयं कंग्रेसका प्रधानमन्त्री स्व. राजीव गान्धीले सन् १९८५ अगस्त १५ मा गरेका हुन् ।

सन् २०१९ को अन्त्यबाट लागू भएको नागरिकता संशोधन कानुन (सिटिजन ऐमेन्डमेन्ट ल– सीएल) पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट धार्मिक अल्पसंख्यकका रुपमा प्रताडित भई ३१ डिसेम्बर २०१४ सम्म आएकालाई मानवीयताको आधारमा नागरिकता दिने सोचसहित आएको हो ।

फागुन ८ गते अर्थात् फरवरी २० तारिखको दिन भारतीय खुफिया विभागले त्यहाँको गृह मन्त्रालयलाई बुझाएको रिपोर्टअनुसार एउटै बोर्डरको चेक प्वाइन्टबाट करिब ३७८ रोहिंग्या बंगलादेशी मुसलमान नेपाल पसेका छन् जसमध्ये पनौती र धादिङमा ३५ अस्थायी घर बनाइएका छन् । नेपालको जिहादी गुट इस्लामिक संघ नेपालले ४० देखि ५० हजार रूपैयाँसम्म दिएर नागरिकता किन्दैछ । यसअघि गत पुसमै भारतीय टिभी आज तकको एउटा कमन प्रोग्राममा मुस्लिम ¥याडिकल कुरा गर्ने उत्तरप्रदेशको एकजना क्याम्पस पढ्ने विद्यार्थीले सोधेका थिए, ‘बिहार, युपी तथा नेपालको भित्री बोर्डरमा नयाँ स्थानीयवासी मुसलमान तथा तिनका मदरसाको संख्या केही वर्षमै कसरी अचाक्ली बढ्यो ? के अब नयाँ कश्मिर, बिहार र युपी तथा नयाँ पाकिस्तान अधिनस्थ कश्मिर नेपालको तराई बन्न गइरहेको छ ?’

भारतको नयाँ कानुनका कारण पलायन भएर नेपाल भित्रिरहेका रोहिंग्यामाथि कडा निगरानी राख्नैपर्छ । यदि नेपाल त्यत्तिको धनी र उदार हो भने यत्तिका वर्षसम्म भूटानी शरणार्थीको बारेमा किन यति पापड बेल्यो ? आतंकी हमलामा लुक्न स्थान दिने, सामान उपलब्ध गराउने, स्थानबारे जानकारी दिने सबै आतंकीमै गनिन्छन् । एउटा छिमेकी चीनका १२२ जना साइबर अपराधीलाई दुईटा जहाजमा एकैचोटि बिनाकुनै सन्धि फिर्ता पठाउनेले अर्को छिमेकी भारत र हिन्दूत्वलाई घेर्नेलाई किन छुट दिन्छ ? भोलि भारतले आफ्नो सुरक्षा कदम यिनीहरूविरुद्ध नेपालभित्र पसेर चाल्यो भने हाम्रो मित्रता कहाँ रहला ? नेताले रूपैयाँमा बिक्री भएर गरेको गल्तीको जिम्मा आमनागरिक र नेपाली सुरक्षाकर्मीले किन लिने ? प्रदेश नं. २ मा संघीय समाजवादी उपेन्द्र यादवको पार्टीबाट मुस्लिम मुख्यमन्त्री हुनु, उपेन्द्रले नेपालको चुनावमा लालु यादवसँग भेटिकन ‘मुस्लिम–यादव भाइ–भाइ !’ को नारा घन्काउनु र लालुको आरजेडीमा भारत टुक्र्याउने मुस्लिमको बाहुल्यमात्र नभई बिहारमा पनि पाकिस्तान जिन्दावादको नारा लाग्नु कुनै संयोग हो वा प्रयोग हो ?

(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढोका)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*