बिओकेको भिसा नगद फिर्ता योजना

जन आस्था
१९ फाल्गुन २०७६, सोमबार १३:२८

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्ड बाहक ग्राहक महानुभावहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै बिओके भिसा नगद फिर्ता योजना  सार्वजनिक गरेको छ ।

कार्ड बाहक ग्राहक महानुभावहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिना भित्र POS  तथा E-Commerce कारोबार गर्दा रु. ५०० नगद फिर्ता पाउनु हुनेछ । जस अन्तर्गत एक महिना भित्र कम्तीमा २ वटा POS कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउनु हुनेछ तथा कम्तीमा २ वटा E-Commerce कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउनुहुने बैंकले जानकारी गराएको छ ।

उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुशार लागू हुनेछ । यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार रु. ५०० वा सो भन्दा बढि हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहक महानुभावहरुलाई अनुरोध गरेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*