एकपछि अर्का मन्त्रीले भोगेका दुःख

जन आस्था
१८ फाल्गुन २०७६, आईतवार १२:२३

लोकतन्त्र भनेको विधिको शासनको अर्को नाम हो । यो शासन प्रणालीको प्राण भनेकै निष्पक्षता र पारदर्शिता हुन् । तर, यससँगै संयमता र धैर्यताको प्रश्न पनि उत्तिकै गम्भीरतासाथ उठ्ने गरेको छ । किनभने, शक्ति पृथकीकरणको मान्यताबमोजिम स्थापित शासन प्रणालीमा हरेक विषयको उठान तोकिएका निकायबाट हुनुपर्छ । तर, जसलाई जे मन लाग्यो, जतिबेला मन लाग्यो त्यतिबेला प्रकट गर्नाले मुलुक चरम अराजकतामा रुमल्लिएको छ ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटाको १५ महिना पुरानो गोप्य अडियो सार्वनिक गरेर उनलाई मन्त्री पदबाट राजीनामा गर्न बाध्य पारिएको छ । यसअघि सामान्य अभिव्यक्तिकै कारण अर्का मन्त्री शेरबहादुर तामाङ बहिर्गमित हुनुप¥यो । हरि पराजुली पनि यसरी नै मिडियाको मारमा परेर मन्त्री पदबाट बाहिरिनुपरेको इतिहास छ ।

हो, मन्त्रीहरूले गलत काम गर्न पाउँदैनन् । न गोकुलले कमिशनको डिल गर्न पाउँछन्, न शेरबहादुरले चेलीबेटीमाथि टिप्पणी गर्न पाउँछन्, न त हरि पराजुलीले रोपाइँमा दुव्र्यवहार गर्न पाउँछन् । तर, यी तीनै घटनाका वास्तविकता के हुन् भने, जे भएको थियो, त्यो प्रचार भएन । जे भएको थिएन वा विषयलाई जसरी अतिरञ्जित पार्न सकिन्छ, मिडियाको प्रस्तुतीकरण त्यस्तो भइदिँदा मन्त्रीहरू मारमा परे । गोकुलसँग सेक्युरिटी प्रेसका कमिशन एजेण्टले आर्थिक लेनदेन गरेका छैनन्, लेनदेन गरौँ भन्ने आशयमा कुराकानी गरेका छन् । गोकुलले आएको विषयवस्तुमाथि आफ्ना कुरा भनेका छन् । तर, के यो विषय मन्त्री पदबाट बहिर्गमित हुन काफी थियो ? पक्कै पनि थिएन । किनभने, गोकुलले खाए, बिराए भन्ने प्रमाण अहिलेसम्म फेला परेको छैन । जसरी हिजो शेरबहादुर तामाङले मेडिकल शिक्षाका नाममा नेपाली चेलीहरू विदेशी भूमिमा शोषित हुनुपरेको कुरा उठाउँदा चेलीबेटीमाथि अपशब्द प्रहार गरेको रूपमा मिडिया प्रस्तुत भयो, त्यो गलत नै थियो । बरु, शेरबहादुरले चेलीहरूको पक्षमा बोलेका थिए । हरि पराजुलीले पनि रोपाईंजस्तो सांस्कृतिक पर्वलाई मनोरञ्जनका रूपमा लिँदै आफूभन्दा पाका महिलासँग ख्यालठट्टा गरेका थिए । तर, भनियो दुव्र्यवहार । जबकि दुव्र्यवहार भएको भनिएका महिलाले आफूहरूमाथि कुनै किसिमको दुव्र्यवहार नभएको प्रष्टीकरण त्यतिबेलै दिइसकेका थिए ।

यसरी शृंखलाबद्ध रूपमा मन्त्रीहरू मारमा पारिनुको कारण हो, विधिको अभाव । यदि गोकुलले लेनादेना गरेका थिए भने उनलाई उनीमाथि छानबिन र कारबाही गर्ने निकाय छन् । तर, मिडियामा चलेको हल्लाकै भरमा उनले पद त्याग्नुपरेको छ । मिडियाको काम विषयवस्तु उजागर गर्ने हो । तर, एउटा विषयलाई अर्को विषयका रूपमा अछाल्ने काम मिडियाको होइन । तर, प्रतिपक्षीहरू जब नेकपाका नेता र मन्त्रीका कुरा आउँछन्, सदन अवरुद्ध पारेर राजीनामा माग्छन् । हो, मिडियाले उठाएका कुरा सत्य–तथ्य छन् कि छैनन् भनेर छानबिन हुनुपर्छ । यदि, कुरा सत्य हो भने सम्बन्धित पात्र दण्डित हुनै पर्छ । तर, प्रश्न उठ्यो भन्दै व्यक्तिलाई अभियुक्त करार गर्ने काम नेपाली प्रेसले गर्न थालेको छ । यो सर्वथा गलत काम हो । नगरेको पाप गोकुलहरूले बोक्नु त नपर्ला । तर, मिडियाले एकपछि अर्को गर्दै विषयवस्तुलाई अतिरञ्जित गर्ने क्रम यसरी नै बढ्ने हो भने यसको विश्वसनीयतामाथि पनि प्रश्न उठ्न थाल्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*