हिमालको काखमा जन्मिएको हिरा

जन आस्था
१० फाल्गुन २०७६, शनिबार १४:५१

पछिल्लो समय चर्चामा छन् छुल्टिम शेर्पा । शारीरिक रूपमा आफैं अशक्त भएर के भयो ? अदम्य साहसका यी धनीको चर्चा–परिचर्चालाई पछ्याउँदै हामी पुग्यौं जोरपाटी । तर, उनी कर्म गर्ने, प्रचार नचाहने शैलीका । खुल्न चाहेनन् । अति कर गरेपछि बल्ल फर्किए बालापनतिर ।

हामीले फ्ल्यासब्याकमा फर्काएसँगै परेली भिजिसकेका थिए । यो अवस्था देख्दा आफैंलाई थाम्न सक्ने अवस्था थिएन । छुल्टिम ‘ग्याल्जेन’ लामाले जुराइदिएको नाम । तर, चलनचल्तीका लागि छुल्टिम शेर्पा नै काफी । सोलुखुम्बुको थामेमा जन्मिएका ०२३ सालमा । विश्वविख्यात आरोही आप्पा शेर्पा र तेन्जिङ नोर्गे शेर्पाको जन्मथलो । हुने हार दैव नटार, साढे दुई वर्षको छँदा पोलियोले सतायो । त्यसपछि उनी हिँडडुल गर्न अक्षम भए । धाराप्रवाह बोल्दै गए उनी । हामी उनका स्मृतिहरू सुन्दै थियौं । जन्मिएको दुई वर्षपछि ०२५ सालमा भित्रिएको हो राजधानी खाल्डो । उपचारको खोजीमा । तर, व्यथा २० को १९ भएन । गाऊँ फर्किन सम्भव भएन । स्कुले शिक्षाको आरम्भ काठमाडौं, क्षेत्रपाटीको जेपी स्कुलबाट भयो । शारीरिक अक्षमताका कारण स्कुल जान निकै सास्ती गाह्रो खेप्नुपथ्र्याे । ५ दशकअघि । कल्पना गरौं त अवस्था कस्तो थियो होला ? उनले खेपेका मानसिक प्रताडना कति थिए होलान् ? कसरी झेले होलान् ? साथीसंगीको दुर्वचन ? साथीहरू गिज्याउँथे । नानाथरी भन्थे तर सहनुपर्ने । हिमालको मान्छे । भाषामा समस्या । ‘सबैभन्दा गाह्रो ट्वाइलेट जान र जातीयता ।’ ‘भोटे भोटे..ओइ भोटे.!’ भनेर साथीहरूले पेल्थे । तर, यसका बाबजुद राम्रोसँग पढे । छुट्टी हुँदा पुस्तकालय जान्थे ।

पीडाको पहाड आफैंसँग थियो । छुल्टिम आत्मविश्वासका धनी थिए, कसैबाट हेपिने र चेपिने खालका होइनन् । भन्छन् नि इख नभएको मान्छे र विष नभएको सर्प काम लाग्दैन । साथीभाइको तुच्छ वचनका अगाडि केही गरेर देखाउने प्रण गरिसकेका थिए मनमनै । र, दिनरात पढाइमा केन्द्रित रहे । फलतः सदैव कक्षामा प्रथमका प्रथम हुन थाले । यसरी शारीरिक रूपले अक्षम भए पनि मानसिक रूपमा बलिया थिए । आत्मबल र सफलताका कारण शिक्षकहरू पग्लिए । हिजो घृणा गर्ने साथीहरू फेरिए । सबै नजिकिन थाले, माया बर्साउन थाले । समयले यसरी कोल्टे फे¥यो कि साथीसंगीको मायाका कारण १० कक्षासम्म प्रथम नै भए र सबैलाई चित खुवाइदिए । यसको अलावा अतिरिक्त क्रियाकलापमा पनि अब्बल । हाजिरीजवाफमा सदैव प्रथम । १० कक्षामा अध्ययन गर्दै गर्दा बीचमा अलिकति पढाइ छुट्यो । जोरपाटीको अपांग केन्द्रमा गएर तालिम लिए । आत्मविश्वासको लेबल झन् चुलियो । आइरन गेट मानिने एसएलसी उत्तीर्ण गरेसँगै उनी म्यानेजम्यान्टको विद्यार्थी बन्न पुगे । बिहान कलेज, दिउँसो ठमेलस्थित कपडा पसल धान्नु थियो । दैनिकी त्यही ढंगले चलिरहेकै थियो । त्यहीँँ रहेर मास्टर्ससम्मको अध्ययन पूरा गरे । काकाले जागिर खा पनि भनेका हुन् । तर, मन रमेन । सुनाए, ‘त्यो प्रस्ताव मेरा लागि ‘फिट’ हुने कुरै भएन ।’ सहजै इन्कार गरे । त्यसपछि दुई दशक बढी व्यवसायमै होमिए । तर, जोरपाटीमा अवस्थित खगेन्द्र नवजीवन केन्द्रका संस्थापक खगेन्द्रबहादुर बस्नेतले दिनुभएको प्रेरणा नै जिउने माध्यम बन्न पुग्यो । बस्नेतसँग ०३५ सालमा भेट भएको । भन्छन् नि मान्छेका लागि एक थाल भात दिनेभन्दा धेरै महत्वपूर्ण हुन्छ आत्मविश्वासले भरिदिने व्यक्ति । दुर्भाग्य, भेटिएको केही समयपछि नै उनले धर्ती छाडे । उनको जिम्मेवारी पनि आफ्नै काँधमा बोकेर हिँँड्न थाले । ०७२ सालमा जतिखेर शक्तिशाली भूकम्प गयो । व्यवसाय सबै छाडेर सामाजिक कर्ममा होमिए । काठमाडौंको गोलढुंगामा अपांग कल्याण संघ खोलियो । जहाँ भूकम्पपीडित अपांगहरू अलपत्र परेका थिए, खोलाको बगरमा । कुखुरा, सुंगुुरसँगै खान्थे–बस्थे । त्यसपछि त्यहीँ नजिकै एक रोपनी जग्गा वार्षिक ३ लाख भाडामा लिएर आवास निर्माण सम्पन्न भयो । त्यसपछि कैलाली पुगे । त्यहाँ सुपा स्कुल भन्ने अपांग अस्पतालका ३० भन्दा बढी स–साना अपांग बालबच्चालाई सहयोग गरे । धरान छाता चोकको पुनःस्थापना केन्द्रमा पनि पुगे । त्यहाँ पनि आफूले सकेको सहयोग गरे । काठमाडौंको साँखुमा अपांगका लागि ९ महिना खाद्यान्नको जिम्मा लिए । ज्वाइँ आङनोर्बु शेर्पाले आवासका लागि भवन निर्माणमा सहयोग गरे । खगेन्द्र नवजीवन केन्द्रको बोर्ड मेम्बरको रूपमा क्रियाशील छन् ।

भूकम्पपछि खगेन्द्र नवजीवन केन्द्रद्वारा सञ्चालित स्कुलको छाना फेरियो । त्रिपालको ठाउँमा जस्तापाता लगाइयो । यतिले मात्र मन रमेन, अपांगहरूले पनि केही गरेर देखाउन सक्छन् भन्ने सोचले जन्माए ह्विलचियर क्रिकेट संघ ०७३ सालमा । खेलमार्फत अपांग साथीहरू सबैले आफ्ना दुःख–सुख पनि सेयर गर्न थाले । पैसा मात्र सबथोक रहेनछ । सबभन्दा ठूलो कुरा आत्मविश्वास नै रहेछ । संस्था स्थापनासँगै ‘डोमेस्टिक’ खेल आयोजना पनि गरे । विश्वको पहिलो त्रिदेशीय क्रिकेट खेल भयो । ह्विल चेयरमा बसेर क्रिकेट खेल्ने देशहरू नेपाल, बंगलादेश, भारत र पाकिस्तान मात्र । तर, यो खेलका लागि पाकिस्तानबाहेक अरू दुई देशलाई मात्र आह्वान गरिएको थियो । पाकिस्तानका खेलाडी आएनन् कारण एकैजना खेलाडीका लागि १ लाखभन्दा बढी टिकट खर्च लाग्ने । भारत र बंगलादेशबाट २०÷२० जनाका दरले आए । घरेलु मैदानमा भएको त्यो खेल दुई देशलाई पाखा लगाउँदै नेपालले जित्यो । बंगलादेश र भारत क्रिकेटको ‘गुरु’ नै हुन् तर हाम्रा खेलाडीले जितेर देखाइदिए । भारतले यो खेलको अभ्यास गरेको दशक भइसक्यो, पाकिस्ताको पनि उत्ति नै समय भइसक्यो भने बंगलादेशको पाँच वर्ष हुँदै छ । तर, नेपालले यो अभ्यास थालेको दुई वर्ष हुँदै छ ।

यो सफलता त सबैले देखे तर यस निम्ति कति पापड पेल्नुप¥यो ? क–कसको दुर्वचन सहनुप¥यो ? त्योचाहिँ मनको कुनामा छ । आर्थिक सहयोगको खोजीमा कहाँ–कहाँ मात्र पुगेनन् ? क–कसलाई मात्र गुहारेनन् । कर्पाेरेट हाउसदेखि नाम चलेका विद्यालयसम्म । तर, हुँदैन कोही नभन्ने ? सहयोग पनि कसैले नगर्ने । एक जना सेलिब्रेटी बैंकरले प्याच्च भने पनि, अपांगले पनि खेल्न सक्छन् ? सम्झिएर के नै फाइदा छ र ! बरु त्यसलाई केही सिक्ने अवसरका रूपमा लिएर हिँडेका छन् । अपांग हुने रहर कसलाई हुन्छ र ? जानी–जानी को अपांग बनेको हुन्छ र ? के थाहा आजको सग्लो मान्छे भोलि अपांग बन्न पनि सक्छ । अपांगलाई एक लाख सहयोग दिन हिच्किचाउनेहरूले हातखुट्टा सग्ला भएका खेलाडीका लागि आँखा चिम्लेर लाखौं सहयोग गरेको देखिएको छ । यस्तो देख्दा कहिलेकाहीँ भक्कानिन मन लाग्छ ।

केही गरेर देखाउने जोस मरेको छैन । बूढापाका भन्छन् जीवनमा सबैथोक खानु तर हरेश नखानु । श्वेता जैन, विवेक उपाध्यायहरूका सहयोगी हातहरूलाई सलाम भन्न मन लाग्छ । ‘ऋण लागोस् तर दैव नलागोस्’ भनेझैं मन मार्नु हुँदैन । मन हार्नु हुँदैन । ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ लक्ष्मीप्रसाद देवकोटाले यो भनाइ महान् रहेछ । अपांगले के गर्न सक्छन् ? भन्नेहरूको मुखमा बुझो लाग्यो । यही बीच सन् २०१९ मा विश्वकै पहिलो ह्विलचेयर क्रिकेट कप आयोजना सम्पन्न भयो । ५ पटकसम्म नेपालले यसमा उपस्थिति जनायो । उनको यो निरन्तर र सक्रियता देखेरै हुनुपर्छ क्ष्लतभचलबतष्यलब िऋयगलअष् िायच ध्जभभअिजबष्च ऋचष्अपभत ९ क्ष्ऋध्ऋ० को अध्यक्षको जिम्मेवारी दिइएको छ । वल्र्ड कप गर्ने जिम्मेवारी पनि छुल्टिमकै काँधमा छ । स्रोत–साधनको अभावका बाबजुद पनि छुल्टिम यो प्रतियोगिता नेपालमै गर्न प्रयासरत छन् । उनीसहितको टोली आगामी मार्चमा मुम्बई र अप्रिलमा रुद्रपुरमा प्रतियोगितामा भाग लिन जाने तयारी छ ।

– अञ्जना सुवेदी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*